जूएनयू छात्र उमर खालिदले गरे आत्मसमर्पण

Umar-khalid१२ फागुन, काठमाडौं । जूएनयू छात्र उमर खालिद र अनिर्बाण भट्टचार्यले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
सुरक्षा माग गर्दै मुद्धा हारेका उनीहरूलार्इ दिल्ली हाईकोर्टले आत्मसमर्पण गर्न भनेको थियो । अदालतले दुबैलाई उनीहरुले चाहेको ठाउँ र समय अनुसार आत्मसमर्पण गर्न सक्ने बताएको थियो ।
पीटीआर्इका अनुसार खालिद र भट्टाचार्यले दिल्ली पुलिससामू आत्मसमर्पण गरेका छन् ।
दिल्ली हाईकोर्टमा बुधबार उमेर खालिद र कन्हैयाको मुद्धामा सुनुवाइ हुनेछ ।उनीहरुमाथि विश्वविद्यालय क्याम्पसमा देश विरोधी नारा लगाएको आरोपमा देशद्रोहको मुद्धा लगाइएको छ ।
नौ फेब्रअरीमा जेएनयूमा अफजल गुरुबारे एक कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा देशविरोधी नारा लगाएको आरोपमा १२ फेब्रुअरीमा छात्रसंघका अध्यक्ष कन्हैयाकुमार पक्राउ परे ।

0 comments

??ा??ो ?्??ि?ृ?ा ?? ?े?्?ु?ो?्