Taja Update : दार्चुलाको विभिन्न स्थानिय तहमा मतगणना सुरु

दार्चुलाको विभिन्न स्थानिय तहमा मतगणना सुरु, लेकमको वडा नम्बर १मा नेपाली कांग्रेसको प्यानल विजयी ।। दार्चुलाका धेरै जसो स्थानिय तहमा मतगणना सुरु भएको छ । जिल्लाको मार्मा गाउँपालिका र लेकम गाउँपालिकामा हिजो देखि नै मतगणना सुरु भएको थियो भने महाकाली नगरपालिका र नौगाढ गाउँपालिकामा आज विहानबाट मात्रै मतगणना सुरु भएको छ । यसैबीच लेकम गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार दौलतसिँह साउँदले ४५५ मत प्राप्त गरी विजयी भएका छन् भने उहाँको प्रतिद्धन्द्धी नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार चन्द्रसिँह बोहराले २९२ मत प्राप्त गर्नु भएको छ । त्यस्तै माओबादी केन्द्रका उम्मेदवार तारासिँह बोहराले १६१ मत ल्याएको छन् । गाउँपालिका अध्यक्षमा पनि कांग्रेसले शुरुवाती १ मतले अगाडी छ । कांग्रेसका गाउँपालिका अध्यक्ष पदका उम्मेदवार उत्तमनाथले ३४९, एमालेका प्रमानन्द जोशीले ३४८ मत ल्याएर पछ्याइरहेका छन् । त्यस्तै माओबादी केन्द्रका रामदत्त जोशीले ३१३ र राप्रपाका ज्ञानदेव जोशीले ७ मत प्राप्त गर्नु भएको लेकमबाट नयाँ नेपाल सहकर्मी दिपक दमाइले खबर पठाउनु भएको छ । त्यस्तै मार्मा गाउँपालिका वडा नम्बर १ मा रहेका ३ मतदान केन्द्र मध्ये २ मतदान केन्द्रको मतगणना कार्य सम्पन्न भएको छ । दुर्गेश्वरी मावि घोल्जर र दुर्गेश्वरी आधारभूत विद्यालय दह मतदान केन्द्रको मतगणना सम्पन्न भएको छ । जहाँ नेकपा माओबादी केन्द्रका गाउँपालिका अध्यक्ष पदका उम्मेदवार जमन सिँह धामीले ३४७ मत प्राप्त गर्दै सुरुवाती अग्रता लिएका छन् भने नेकपा एमालेका अध्यक्ष उम्मेदवार देवसिँह महरले २०३ मतले पछ्याइरहनु भएको छ । त्यस्तै नेपाली कांग्रेसका गोपाल दत्त जोशीले १३९ मत प्राप्त गरेका छन् । मार्मा गाउँपालिकाको २ ठाउँबाट मतगणना भइरहेका छ । वडा नम्बर १ मा रहेको दुर्गेश्वरी मावि ताकु र वडा नम्बर २ को मतगणना भइरहेको छ अर्काे स्थानबा वडा नम्बर ६ शेरीको मतगाण्ना भइरहेको छ । अहिले ११ बजे शैल्यशिखर नगरपालिका र मालिकार्जनु गाउँपालिकाको मतगणना हुने तयारी भएको छ । साथै व्याँस गाउँपालिकाका छाङरु र तिंकर मतदान केन्द्रको मतपेटिका हेलिकप्टर मार्फत ल्याइने बताइएको छ । ती ओटै मतदान केन्द्रका मतपेटिका ल्याइएपश्चात् मात्रै व्याँसको मतगणना सुरु गरिने जिल्ला निर्वाचन अधिकारी तुल्सीराम पाण्डेले जानकारी दिनुभयो ।

0 comments

??ा??ो ?्??ि?ृ?ा ?? ?े?्?ु?ो?्