प्रधानमन्त्री ओली भारत भ्रमण सकेर आज स्वदेश फर्कदै

Kp oli And Modi (3)
१२ फागुन, काठमाडौं । आफ्नो ६ दिने भारत भ्रमण पूरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै छन् । ओली आज अपरान्ह स्वदेश फर्कन लागेका हुन् ।
अाज भारतमा  उद्योगी व्यपारी तथा भारतीय कलाकारहरुसँगको भेटघाट पछि प्रधानमन्त्री स्वेदेश फर्कने कार्यक्रम रहेको छ ।
भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा भारत भ्रमणमा गएका प्रधानमन्त्री ओलीलाई भारतले विशेष सम्मान गरेको थियो । प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच गत शनिबार करिब ४५ मिनेट वान टु वान वार्ता भएको थियो । जसलाई प्रधानमन्त्री ओलीले दुईदेशबीचको असमझदारी हटेको रुपमा बताएका थिए ।
भारत भ्रमणमा रहँदा ओलीले तेहरी जलविद्युत तथा गुजरातको भुजमा भूकम्पपछिको पुनः निर्माण कार्यको समेत अवलोकन गरेका थिए ।

0 comments

??ा??ो ?्??ि?ृ?ा ?? ?े?्?ु?ो?्