समय संगैको यात्रामा मेरो पत्रकारीता

kamala kunwar
कमला कुवँर
पढाइ संगै रोजगारीका रुपमा सुरुवात भएको मेरो पत्रकारीता अहिले बलियो भएको मलाइ महशुस भएको छ । जव म स्नातक तहको पढाइका लागी भनेर घरबाट सदरमुखाम तिर झरे जीवन कष्ठकर हुदै जान थाल्यो । सुरुमा पढाइ खर्चमा अलि सहज होला भनेर पत्रकारीता पेशाको सुरुवात गरीयो । त्यसपछि पेशाप्रति मेरो आकर्षण बढ्यो । आज भोली म पेशाप्रति नजिक छु ।

नेपालमा व्यवसायिक पत्रकारीताको विकास भएको त्यति लामो समय भएको छैन । पत्रकारीतामा आर्क्षित हुने र पछि पलायन हुनेको संख्या पनि त्यति नै छ । म सानी थिए । कक्षा ७ मा पढ्थे । उति बेला पत्रकार भनेका पुरुष मात्रै हुन्छन् भन्ने आम मानिसमा बुझाई अनि मेरो पनि । फाट्टाफुट्ट मात्रमा पत्रकार महिलाहरु भए पनि काठमान्डौँमै सिमित थिए होला । तर अहिलेको अवस्था पहिलेको भन्दा धेरै फेरिएको छ । हरेक जिल्लामा पत्रकार महिला पत्रकारीतामा व्यवसायिक बन्दै गएका देखिन्छन् ।
म १४ वर्षकी हुदाँ सुन्ने गर्दथे रेडियो नेपालका रिता तिमील्सेना दिदीको कार्यक्रम सानो संसार । त्यस कार्यक्रमलाइ सुन्दा मलाइ पनि रेडियोमा काम गर्न पाए हुन्थ्यो जस्तो लागी रहन्थ्यो । जीवनलाइ यात्रा गराउने क्रममा पढाइको क्रम पनि बढेदै गयो । गाउँमा क्याम्पस थिएन । जिल्लामा पनि ४ वटा मात्रै थिए । मेरो घरबाट नजिक पर्ने क्याम्पस भनेको दार्चुला सदरमुखाममा रहेको दार्चुला बहुमुखी क्याम्पस थियो । म पढ्छु भनेर त्यहि गए । केहि महिना पछि रेडियो नयाँ नेपाल एफ एममा मैले समाचार पढ्ने र लाईभ कार्यक्रम सञ्चालन गर्ने मौका पाएँ । त्यसपछि निरन्तर काममा मेहनत गदैँ गए । त्यसैले अहिले सम्म यस पेशामा छु । मेरो त्यही बेलादेखी थाहै नहुनेगरी पत्रकारीतामा आर्कषण बढेको रहेछ । पछि म यही पेशामा आवद्ध भए ।
हामीले काम कहाँ बसेर गरेका छौँ भन्दा पनि कस्तो काम गरेका छौँ भन्ने कुरामा भर पर्छ । हो सुविधा सम्पन्न ठाउँ र फराकिलो क्षेत्रमा बसेर काम गर्दा त्यति धेरै समस्या उत्पन्न नहुन सक्छन् । किनभने श्रोतसाधनको अभाव हुदैँन । मिडियालाई राम्रो संग बुझ्ने शिक्षित मानिसहरुको बसोवास हुन्छ । यहाँ ठाउँ पनि सानो हुन्छ,तिललाई पहाड बनाउने मान्छेहरुको चरित्र हुन्छ । ठिक समयमा काम गर्छू भनेपनि यातयात,विधुत,इन्टरनेट ,क्यामरा,ल्यापटप कुनै न कुनै चिजले धोका दिएकै हुन्छन् । सदरमुकाममा बसेर रिपोर्टिङ्ग हुदैन,गाउँमै जानुप¥र्यो । अवसर भन्दा धेरै चुनौती नै छन् । अवसर त जिल्लामा बसेर काम गर्न पाइन्छ त्यति मात्रै त हो ।
पत्रकारिता क्षेत्रमा लागेको करिब ४ वर्ष पुरा हुन लाग्यो । प्रमाणपत्र तह सकिएपछि रहरका आवेगहरु भन्दा पनि पढाइको खर्चमा केहि राहत मिल्ला भनेर पत्रकारितामा होमिएकी म पछिल्लो समयमा रेडियो प्रति निकै रुची बढ्न थाल्यो । रेडियो सुन्न थाल्यो भने, गित संगित सुन्न थाल्यो भने पढाइ बिग्रन्छ भन्ने सुनेकि थिए तर मलाइ भने विग्रीने भन्दा पनि थप सहयोग मिल्यो । काम गर्ने क्रममा मैले सम्झनै पर्ने आदरणिय दिदी राजमति बम , उहाँले निकै सहयोग गर्नु भयो । त्यसै गरी अहिले दार्चुला एफ एमका स्टेशन म्यानेजर कमल राज जोशी सर उँहाको सहयोगमा मैले आफ्नो पत्रकारिताका पाईलाहरु अगाडी बढाएको हँु । उहाँहरुले सहयोग र हौसला नदिएको भएको आज सायद म पत्रकारिता बाट पलायन भै सकेकी हुन्थेँ । अहिले पनि रेडियामा आवद्ध छु ।
त्यसरी शुरु भएको पत्रकारिता यात्राको दौरानमा धेरै चिज देखियो धेरै चिज भोगियो पनि । मोफसलमा अझै पनि सञ्चार माध्यमहरु व्यवसायीक हुन सकेका छैनन् । अधिकांस रेडियो पत्रपत्रिकाको स्थापना व्यवसायीक आवरण दिएर राजनीतिक आस्था र प्रतिशोधको आधारमा हुँदा सञ्चार उद्यमी र सञ्चारकर्मी सबै जोखिममा छन् । मेरो पत्रकारिताको यात्रा यहाँसम्म त चलेको छ तर पत्रकारिताले मेरो घरमा सहयोग पुगेको छैन । मेरो पेशा साथीभाईलाई देखाउनका लागि निकै आकर्षक छ । तर यस भित्रको पिडा कि मैले भोगेकी छु कि म जस्तै अर्को पत्रकार साथीहरुले ।
बास्तबमा यो पेशा चुनौतीपूर्ण पेशा हो । सधै नया दिन , नयाँ सामाचार,नयाँ खोज र नयाँ सोच आवश्यक पर्दछ । कुनै पनि पेशा चुनौतीपूर्ण हुन्छ यद्यपी यो पेशाबाट आफनो भन्दा पनि अरुको लागि बोलीदिने पेशा हो । पहिलो कुरा पारिश्रमिक हो । आजसम्म मैले थोरै भए पनि पारिश्रमिकको समस्या झेल्नु परेको छैन । यद्यपी धेरै पत्रकार पैसाको समस्याले पेशा छाडेर पलायन भएको छन । पछिल्लो समयमा यसै क्षेत्रमा अध्ययन गरेका युवा पुस्ताले अबको पत्रकारितालाई मजबुत बनाउनु पर्दछ । योग्यता क्षमता बनाएर आएमा पेशामा टिक्न सकिन्छ । पत्रकार भएपछि सबै थोक पाएजस्तो,सबै भन्दा ठुलो भएजस्तो भावना हटाउनु पर्दछ । सौख भन्दा पनि पेशा बनाएर अगाडि बढन सके मात्र यस क्षेत्रमा टिक्न सकिन्छ । अहिलेको अबस्थामा यस क्षेत्रमा धेरै अबसर छन । पत्रपत्रिका,रिडियोे,टेलिभिजन र अनलाईन गरी थुप्रै अबसरलाई समय अनुकुल आफु अगाडि बढने माध्यम बनाउन सकिन्छ ।
अन्तमा अहिले मैले पत्रकारीता मेरो लगनशिला र मेहनतको कदर हो भन्ने बुझेकी छु । धेरै अभिभावकहरु आफ्ना सन्तानलाई डाक्टर,पाईलट,नर्स,इन्जिनिय र सरकारी जागिरे होस् भन्ने चाहाना राख्नुहुन्छ । त्यसरी नै पत्रकारीता र राजनितिमा पनि लागोस् र समाज परिवर्तनका लागि महत्वपुर्ण भुमिका निर्वाह गरोस् भन्ने धारणा राखिदिनुभयो भने यो क्षेत्र पनि त्यत्तिकै राम्रो बन्नेछ भन्ने अनुरोध गर्न चाहन्छु ।


0 comments

??ा??ो ?्??ि?ृ?ा ?? ?े?्?ु?ो?्