वडा नागरिक मञ्च व्यवस्थापन समितिको समिक्षा बैठक सम्पन्न

शुसिला ठगुन्ना 
  दार्चुला
दार्चुला जिल्लाको ग्वानि गाविसमा वडा नागरिक मञ्च व्यवस्थापन समिति एवं स्थानिय निकायभित्र सामाजिक परिचालन कार्यक्रम सञ्चालन गरिरहेका सरकारी तथा गैरसरकारी निकायसंँगको समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
गाविस सचिव धनवहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रममा ग्वानी स्वास्थ्य चौकिका  प्रमुख लोकेन्द्र सिह डागा प्रमुख अथिति रहनु भएका थिए । उक्त कार्यक्रममा समाज कल्याण समाजका कार्यक्रम संयोजक पान सिह धामी र संकल्प दार्चुलाका कार्यक्रम संयोजक गोमती जोशीले कार्यक्रमवारे सहजिकरण गर्नुृभएको  थियो । गाविस भित्र सामाजिक परिचालन गरिरहेका विभिन्न सरकारी तथा गैरसरकारी सँस्थाहरुले सामाजिक परीचालनको क्षेत्रमा गरेको प्रगती र समिक्षा गरीएको छ । साथै वडा नागरिक मञ्च व्यवस्थापन समितिले हालसम्म गरेका उपलब्धी मुलक काम र आगामी दिनमा वडानागरिक मञ्चले गर्नुपर्ने जिम्मेवारीको वारेमा समेत समिक्षा गरिएको ग्वानीवाट नया नेपाल सहकर्मी राजेन्द्रसिह साउदले खवर पठाउने भएको छ ।

0 comments

??ा??ो ?्??ि?ृ?ा ?? ?े?्?ु?ो?्