रातीमा मात्रै किन बाँडिन्छ तेल ?
२१ कात्तिक, काठमाडौं । उपत्यकाका पम्पबाट पेट्रेल भर्न सर्वसाधारणले हैरानी खेप्नु परेको छ । दिनभर तेल वितरण नगर्ने पम्पले साँझ परेपछि पेट्रोल वितरण थालेर रातीसम्म लगाउँछन् । त्यसकारण सर्वसाधारणले दिउँसोको चर्को घाम र रातीको चिसो सहन बाध्य हुनु परेको छ ।
अन्तर्राष्ट्रिय मान्यताअनुसार अति प्रज्वलनशील पदार्थ भएका कारण अँध्यारोमा पेट्रोलियम पदार्थ लोड अनलोड गर्न र वितरण गर्न हुँदैन । तर उपत्यकामा पम्पले साँझ परेपछिमात्रै इन्धन वितरण थाल्छन् र मध्यरातीसम्म वितरण गरिरहन्छन्, नयाँ पत्रिकामा खबर छ ।
पेट्रोलियम ब्यवसायीले आयल निगमबाटै ढिला गरी पेट्रोल प्राप्त गर्दा साँझ र रातीसम्म तेल वितरण गर्नुपरेको बताएका छन् ।
आयल निगमले दिउँसो १ बजेदेखि पम्पमा तेल पुरर्याउने गरी तेल वितरण गरिरहेको दाबी गरेको छ । तर अधिकांश पम्पले साँझ ५ बजेपछि मात्रै पेट्रोल पाउँदै आएको बताएका छन् ।
0 comments
??ा??ो ?्??ि?ृ?ा ?? ?े?्?ु?ो?्