जिल्ला विकास समिति बाँकेले आर्थिक बर्ष २०७२÷०७३ को पहिलो चौमासिक अन्तरगत सार्वजनिक सुनुवाई आज सम्पन्न

२०७२ कार्तिक २४ गते जिल्ला विकास समिति बाँकेले आर्थिक बर्ष २०७२÷०७३ को पहिलो चौमासिक अन्तरगत सार्वजनिक सुनुवाई आज सम्पन्न भएको छ । जिल्ला विकास समिति बाँकेको आयोजना तथा बास नेपालगन्जको सहजिकरणमा बाँकेको बागेश्वरी गाविसको खजुरा स्थित ज्ञानोद्धय उच्च माबिको प्रांगणमा सुनुवाई सम्पन्न भएको हो । सुनुवाईले निर्माणाधिन च्यामा राधापुर सडक खण्डकोे निर्माणलाई गुणस्तरीय र प्रभावकारी बनाउन सबै सचेत रहने प्रतिबद्धता सहितका ५ बुधें प्रतिबद्धता गरिएको छ । झण्डै ३ घण्टा लामो सरोकारवाला र स्थानीयहरु बिचको दोहोरो सम्बाद पश्चात गरिएका अन्य प्रतिबद्धताहरुमा योजनाहरु तर्जुमा गर्दा योजनाहरुको आवश्यकताका आधारमा तय गर्ने र बढी आवश्यक योजनाहरुलाई प्राथमिकरण गर्ने, कुनै पनि योजनाहरुतर्जुमा गर्दा योजना तर्जुमा प्रकृया अवलम्बन गर्ने, सार्वजनिक सुनुवाईमा उठेका गुनासाहरु सम्बोधन गर्ने कार्य भएकोमा सम्बोधन हुन बाकीँ गुनासाहरु प्रकृयागत नितिगत रुपमा सम्बोधन गर्ने र सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज र प्रभावकारी बनाउने रहेका छन् । सुनुवाईमा गरिएका प्रतिबद्धताहरुमा सरोकारवालाको रुपमा आसिन जिल्ला विकास समितिका निमित्त स्थानीय विकास अधिकारी बिर्ष बहादुर गिरी, कार्यक्रम अधिकृत शरद पौडेल, आलेप अधिकृत खिमानन्द अर्याल, जिल्ला शासन बिज्ञ मिन महादुर मल्ल, बागेश्वरी गाविसका सचिब उत्तम सिंह सोडी, खजुराखुर्द गाविसका सचिब शषिधर पोख्रेल, उढरापुर गाविसका सचिब कृष्ण बहादुर रोकाया र सोनपुर गाविसका सचिब माधब सिंहले हस्ताक्षर गरेका थिए । बासका उपनिर्देशक हेमराज भट्टले संचालन गरेको सुनुवाईमा उद्धेश्य माथि प्रकास बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए भने स्वागत मन्तब्य बासका शम्भु शाहीले गरेका थिए । सुनुवाईमा बागेश्वरी, खजुराखुर्द, उढरापुर, सोनपुर, रनीयापुर लगायत गाविसका स्थानीयहरुको सहभागीता रहेको थियो ।

0 comments

??ा??ो ?्??ि?ृ?ा ?? ?े?्?ु?ो?्