डोगडी गाविसमा एक जनाएको सव भेटियो ।

बाजुरा संबादाता
रमित बि.क. बाजुरा कार्तिक २१
शुक्रबार विहान डोगडी गाविसको वाड नं ९ स्थित विच वाटो मा एक जना मृत अवस्थामा फेला परेको छन । मृत्यु हुनेमा सोही गाविस वार्ड नं ८ निवासी गोरे वहादुर रावतका १८ वर्षिया भवै रावत मृत अवस्थामा फेला परेका छन । स्थानियले जिल्ला प्रहरी बाजुरालाइ खबर गरेपछि तत्काल प्रहरी चौकी टाँटे, प्रहरी चौकी डोगडी र जिल्ला प्रहरी कार्यलय वाजुरावाट प्रहरी निरीक्षक दान वहादुर रोकायाको कमानमा खटिएको अनुसंधान टोली उक्त घटना स्थलमा गई आवश्यक अनुसंधान अन्तरगत घटना स्थलमा गर्नु पर्ने सम्पूर्ण अनुसंधान प्रक्रिया पूरा गरी टोली जिल्ला तर्फ फर्किएको छ । अनुसंधानको क्रममा ३ जनालाई नियन्त्रणमा लिएको र घटनामा संलग्न २ जना फ्रहार रहेकोले उनीहरुको खोजी कार्यजारी रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । शवलाई पोष्मार्टमका लागि शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय मार्तडी वाजुरामा ल्याएको जिल्ला प्रहरी कार्यालय वाजुराका प्रहरी नायव उपरिक्षक श्याम प्रसाद पौड्यालले जानकारी दिनु भएको छ

0 comments

??ा??ो ?्??ि?ृ?ा ?? ?े?्?ु?ो?्