संस्कृति संरक्षणका लागि बेदकोटमा रामलीला महोत्सव
मुकेश धामी
कञ्चनपुर, कार्तिक २१गते
बेदकोट नगरपालिका सुडामा शुक्रबार देखि रामलीला महोत्सव शुरु भएको छ । मानसखण्ड विकास समाज नेपालको आयोजना हुन लागेको हो । रामलीला महोत्सव मुल आयोजक समितिका महासचिव घनश्याम लेखकले महोत्सव शुरु भएको जानकारी दिनुभयो ।
सनातन हिन्दुधर्म, संस्कृति, संस्कारको संरक्षण गर्ने उदेश्यले शुरु हुन लागेको महोत्सव नेपाली भाषामै मञ्चन हुने आयोजकले जनाएको छ । अरु रामलिला हिन्दीभाषामा शुरु भएपनि सुडाको महोत्सव नेपाली भाषामै गरिन लागेको जिल्लाको पहिलो उदाहरण भएको आयोजकको दावि छ । दिउँसो ३ बजेदेखि कलशयात्रा गरिने छ । महोत्सवमा रामचरित मानस परायण, भानुभक्त रामायण वाचन, अष्टोत्तरशत हुनमानचालीस पाठ, विद्वान तथा सन्तसम्मेलनका साथै पुरुषोत्तम राम भगवानको लिलाको दर्शनिक व्याख्या समेत गरिने छ । सुपको पौराणिक लोक संस्कृति भल्कने प्रस्तुतीका साथै रामलिलाका माध्यमबाट समाजिक चेतना सुधार गर्ने कार्यक्रम संचालन हुने छन् ।
महोत्सव बाट आफ्नो लोक संस्कृति रक्षाका लागि उत्प्रेरणा जाग्ने समेत अनुमान गरिएको छ । पछिल्ला दिनहरुमा पश्चिमा संस्कृति नेपालीका घरघर सम्म उदय भएसंगै नेपालीहरुको वास्तविक लोक संस्कृतिमा प्रभाव परेकाले आफ्नो संस्कृति भुल्न लागेका छन् । शिवदत्त पन्तले निर्देशन गर्ने रामलिला महोत्सवको मान बहादुर चन्द संरक्षक र प्रेम चन्द संयोजक रहेका छन् । बेदकोट नगरपालिकाको सुडा चोकमा संचालन हुने रामलिला महोत्सव दैनिक साँझ ६ः३० बजे देखि राती १०ः३० बजेसम्म संचालन हुने छ । महोत्सव कार्तिक ३० गते समापन गरिने छ ।
0 comments
??ा??ो ?्??ि?ृ?ा ?? ?े?्?ु?ो?्