नौमुलेमा तयार भयो अल्लोको कपडा
कार्तिक २२ दैलेख
कुरा सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । स्वभाविक पनि हो, पत्यार नलाग्नुमा । किनभने नेपालमा अहिलेसम्म परनिर्भतामूखी अर्थतन्त्र छ । बजारमा उपलब्ध हुने सबै तयारी वस्तुहरु प्राय विदेशबाटै आयातित हुन । स्थानीय स्तरमा प्रसोधित वस्तुको मूल्य कम, गुणस्तर बढि भए पनि यसको उपभोग गर्दा जात गएको सम्झने हाम्रो प्रचलन छ । अहिलेसम्म नेपालीपनमा देखिएको यो खराब पक्षले काम गरिरहेको छ ।
दैलेख जिल्लाका विभिन्न ठाउँहरुमा लघु उद्यमहरु स्थापना भएकाछन । स्थानीय साधन र स्रोतको उपयोग गर्दै केही वस्तुहरु उत्पादन भएकाछन । जुन वस्तुहरु अन्तराष्ट्रिय स्तरमा समेत विक्री हुने गरेकाछन । ती मध्येको एउटा उत्पादन हो अल्लोको कपडा । नौमूलेका जनजाती महिला उद्यमीहरुले बुनेको अल्लोको कपडा अन्तर्राष्ट्रिय बजारमा समेत विक्री गर्न योग्य रहेको छ । उक्त अल्लोको कपडा सतप्रतिशत दैलेख कै स्थानीय स्तरमा पाईने अल्लोबाट मात्र बनेको हो । लघु उद्यम विकास कार्यक्रम, क्षेत्रिय कार्यक्रम सहयोग कार्यालय, सुर्खेतको आर्थिक सहयोग, जिल्ला लघु उद्यमी समूह संघ, दैलेख र एभरेष्ट क्लब, दैलेखको सहजीकरणमा नौमूले क्षेत्रमा अल्लोको धागो बनाउने तालिमहरु निरन्तर रुपमा संचालन भईरहेकाछन र ती उद्यमीहरुलाई आवशयक पर्ने मेसिन औजार,सीप प्रदान गरिदै आएको छ । जसका कारणले करिब तीन सय जना अल्लोका लघु उद्यमीहरु तयार भएकाछन । उनीहरुले अल्लोको धागो उत्पादनलाई आफ्नो आय आर्जनको मूख्य पेशा बनाएका छन ।
धागो मात्र उत्पादन गरेर आर्थिक लाभ धेरै नहुने महसुस गर्दै यति खेर घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय,दैलेखले महिला उद्यमीहरुलाई अल्लोको कपडा बुन्ने तालिम प्रदान गरेको छ । घरेलु कार्यालय, दैलेखको चालु आव २०७१÷०७३ को स्वीकृत बजेटबाट तोलीका १० जना जनजाति महिला उद्यमीहरुलाई अल्लोको कपडा बुन्ने तीन महिले तालिम सम्पन्न गरेको छ । सो तालिम अवधिमा महिला उद्यमीहरुले कोटको कपडा बुनेकाछन । जसको अहिले बजार माग अत्याधिक रहेकोछ । उक्त तालिममा तोलीको स्थानीय क्लवले ५० हजार सहयोग गरेको थियो ।
तालिम पश्चात तीनवटा तान राखेर ती महलिा उद्यमीहरुले निरन्तर उद्यम संचालन गर्दै आईरहेकाछन । उनीहरुलाई थप सीप विकास तालिम दिएर पूर्ण ब्यवशायि महिला उद्यमी बनाउने तयार भईरहेको जानकारी घरेलु कार्यालय, दैलेखका कार्यालय प्रमूख परशुराम अचार्यले जानकारी दिएकाछन ।
उनल,े थप सीप विकास तालिम पश्चात ती महिला उद्यमीहरुको सीप बचाउनका लागि जिल्लामा राम्रो लगानी गरेर मझौला उद्योग स्थापना गर्न सके जिल्ला आत्मनिर्भर बनाउन ठूलो सहयोग हुने बताए । यसका लागि लगानी गर्न ठूला ब्यवशायिकहरुलाई अनुरोध गरेको समेत बताए । दैलेखमा अल्लो प्रसोधन र कपडा उत्पादन उद्योग स्थापना गर्न सके हजारौं दैलेखीले राजगारी पाउने र उत्पादित वस्तु सोझै अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्न सकिने प्रचुर संभावना रहेको छ ।
विशेष गरी युरोपका मूलुकहरुमा अल्लोका कपडाहरुको अत्याधिक माग रहेको छ भने अहिले नेपालले माग अनुसारको पूर्ती गर्न सकेको छैन । यस तर्फ ठूला दैलेखी ब्यापारीहरुले पहल गर्ने हो की ?
0 comments
??ा??ो ?्??ि?ृ?ा ?? ?े?्?ु?ो?्