दार्चुलामा कक्षा छोड्ने विद्यार्थीको संख्या १७ दशमलब १७ प्रतिशत
दार्चुला जिल्लामा कक्षा छोड्ने विद्यार्थीको सँख्या १७ दशमलब १७ प्रतिशत रहेको जिल्ला शिक्षा कार्यालय दार्चुलाको तथ्याङ्क रहेको छ । जिल्लामा रहेका विद्यालय उमेरका कुल ४२ हजार ६ सय ६५ विद्यार्थीहरुमध्ये प्राथमिक तहमा कक्षा छोड्ने विद्यार्थीको संख्या ५ दशमलब ८ प्रतिशत, निम्न माध्यमिक तहमा ५ दशमलब ८ प्रतिशत र माध्यमिक तहमा ७ दशमलब १ प्रतिशत रहेको छ । त्यसैगरी जिल्लामा कुल विद्यार्थी भर्नादर ९६ दशमलब २ प्रतिशत रहेको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क रहेको छ ।
0 comments
??ा??ो ?्??ि?ृ?ा ?? ?े?्?ु?ो?्