उद्योग समिति


टिभी टुडे 
कार्तिक २१ गते, काठमाण्डौ । उद्योग वाणिज्य तथा उपभोक्ता हक हित संरक्षण समितिका अधिकांश सदस्यले नेपाल आयल निगमका अधिकारीमाथि कारवाहीको माग गरेका छन् । पेट्रोल खरिदका लागि नेपाल आयल निगमले विराट पेट्रोल एण्ड केमिकल्ससंग गरेको सम्झौतामा ठुलो आर्थिक चलखेल भएको भन्दै सम्बन्धीत अधिकारीलाई कारवाहीको सिफारिस सदस्यहरुले माग गरेका हुन् । समितिको सनिबार बसेको बैठकमा बोल्दै अधिकांश सदस्यले फुटबलमा फिक्सिङ गर्ने खेलाडीलाई अपराधि सावित गरि कारवाही गर्ने तर कालो सूचीमा परेको कम्पनीलाई तेल ल्याउने अधिकार दिने निगमका अधिकारीलाई कारवाही किन नगर्ने भनी प्रश्न गरेका थिए । कालोसूचीमा रहेको कम्पनीलाई नै तेल ल्याउने जिम्मा दिने निगमका अधिकारीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने चर्को आवाज उठेपछि समितिले सो सम्झौता सम्बन्धी सम्पुर्ण काजगात तत्काल उपलब्ध गराउन वाणिज्य तथा आपुर्ति मन्त्रालय र नेपाल आयल निगमलाई निर्देशन दिएको छ । ग्लोबल टेण्डरका क्रममा आवेदन परेका मध्येबाट नेपाल आयल निगमले यसअघि कालोसूचीमा परेको विराट पेट्रोल एण्ड केमिकल्सलाई इन्धन ल्याउनका लागि भन्दै २० करोड रुपैया दिएपछि यो विषय ले समितिमा प्रवेश पाएको हो ।

0 comments

??ा??ो ?्??ि?ृ?ा ?? ?े?्?ु?ो?्