धारी गाविसको सामाजिक परीक्षण सम्पन्न


शुसासन पारदर्शिता र जवाफदेहीताको क्षेत्रमा क्रियाशिल मिडिया विकास समाज नेपाल दार्चुलाको सहजीकरणमा आज दुहँु क्षेत्रको धारी गाविसको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । गाविस सिचव गोपालसिह बोहरा जवाफदेही बक्ता रहेको सामाजिक परीक्षण कार्यक्रममा धारी गविसले गतबर्ष सम्पन्न गरेका योजना तथा कार्यक्रमको बारेमा समिक्षा गरिएको हो ।
कार्यक्रममा धारी गाविसले सञ्चालन गरेको कार्यक्रम तथा योजनाहरुमा विद्युतका पोल खरिद गरिएको, आयस्तरमा बृद्धि भएको र विद्यालयमा फर्नीचर खरिद गरिएको र स्वास्थ्य चौकीको छानो मर्मत गरिएको सबल पक्ष रहेको छ । त्यसैगरी सुधार गर्नु पर्ने तर्फ योजनाहरुको अनुगमन गर्नु पर्ने गत बर्षको ३ लाख ८५ हजार ३ सय ५५ रुपैया खर्च गर्न बाँकी रहेको र कम्युटर खरिद गर्दा उपभोक्ता समिति गठन नगरिएकाले आगामी दिनमा यी विषयलाई सुधार गर्नु पर्ने पक्ष रहेका छन् ।
मिडिया विकास समाजका सदस्य विरेन्द्रसिह महरा तथा समाजकै एलजीएफ कार्यक्रमका उत्तरदायि अधिकृत गोपालदत्त भट्टले सहजीकरण गरेका छन् भने विभिन्न सरोकारवालाहरु सहित ४६ जनाको सहभागिता रहेको थियो ।

0 comments

??ा??ो ?्??ि?ृ?ा ?? ?े?्?ु?ो?्