सहिद परीवार लाई सम्मान
कार्यक्रम सम्मपन्न
१५ फाल्गुन कैलाली
सहित सप्ताहा २०७२ अन्र्तगत आज कैलालीको दोदोधरा ७ सडकपुर बौनियामा
आज संयुक्त माओवादि पार्टिको आयोजनामा सहिद परीवार लाई सम्मान कार्यक्रम सम्मपन्न
भयको छ । संयुत्त माओवादि दोदोधरा अध्यक्ष्य राम बाहदुर साउद (आएम) को सभापतीत्वमा
भयको कार्यक्रम मा प्रमुख अथिती पूर्व सभासद भगत बडुवाल (मुत्ती) रहनु्भयको थियो ।
पूर्ब माओवादि लडाकु हरि सीह साउद को स्वागत मन्तवय संगै सुरु भयको कार्यक्रममा
नेपाली कांग्रेस दोदोधरा गाउ कमिटी सभापति गणेस शाहि,जनर्माेचा नेपाल दोदोधरा
अध्यक्ष्य रुपा आलेमगर लगायताकाले मन्तव्य व्यक्त गरेका थिय । कार्यक्रम मा
दोदोधरा र कोटातुल्सीपुर गावीस अन्र्तगत का सहिद परीवारहरुलाई सम्मान गरीयको थियो
। कार्यक्रम को संचालन रुपक सुनारले गरेका थिय ।
कैलालीमा महिला जागरण समुह गठन
१५ फाल्गुन कैलाली

१५ फाल्गुन कैलाली
कैलालीको दोदोधरा १ बुटकौवा (क्यापामा) नदी संरक्षण र दाउरा नियन्त्रण गर्ने उद्ययश्यका साथ आज हरीयाली महिला जागरण समुह गठन गरीयको छ । तर्दथ समितीकी अध्यक्ष्य ईच्छा बिष्ट को सभापतीत्पमा भयको कार्यक्रम का प्रमुख अथिती हरीकला न्यौपाने हुदा बिशीष्ट अथिती जगत टमट्टा हुनुहुन्थयो । पदम बिक को स्वागत मन्तव्य संगै सुरुभको कार्यक्रम मा गोमा भुल , कमला जोसी लगायतकाले मन्तव्य व्यक्त गरेका थिय । साथै सो कार्यक्रम ले नया समिती समेत निर्माण गरेका छ । रम्भा परीयार को अध्यक्ष्यतामा गठन भयको समुह मा कमला जोसी उपाध्यक्ष्य,सचिव गोमा भुल,सह सचिव रत्ना बिष्ट,कोषध्यक्ष्य दिपा गौतम र सदस्यहरुमा मिना चौधरी,सुर्जा बिक,सान्ता धामी,लालमती खत्रि,र्निमला रिजाल र कोकीला डगौरा लगायतका रहेको सो कार्यक्रम संचालक बिष्णु बिष्टले कोसेली एफ.एम लार्य जानकारी दिनु भयको छ ।
१२ फागुन, काठमाडौं । जूएनयू छात्र उमर खालिद र अनिर्बाण भट्टचार्यले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
सुरक्षा माग गर्दै मुद्धा हारेका उनीहरूलार्इ दिल्ली हाईकोर्टले आत्मसमर्पण गर्न भनेको थियो । अदालतले दुबैलाई उनीहरुले चाहेको ठाउँ र समय अनुसार आत्मसमर्पण गर्न सक्ने बताएको थियो ।
पीटीआर्इका अनुसार खालिद र भट्टाचार्यले दिल्ली पुलिससामू आत्मसमर्पण गरेका छन् ।
दिल्ली हाईकोर्टमा बुधबार उमेर खालिद र कन्हैयाको मुद्धामा सुनुवाइ हुनेछ ।उनीहरुमाथि विश्वविद्यालय क्याम्पसमा देश विरोधी नारा लगाएको आरोपमा देशद्रोहको मुद्धा लगाइएको छ ।
नौ फेब्रअरीमा जेएनयूमा अफजल गुरुबारे एक कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा देशविरोधी नारा लगाएको आरोपमा १२ फेब्रुअरीमा छात्रसंघका अध्यक्ष कन्हैयाकुमार पक्राउ परे ।

१२ फागुन, काठमाडौं । आफ्नो ६ दिने भारत भ्रमण पूरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै छन् । ओली आज अपरान्ह स्वदेश फर्कन लागेका हुन् ।
अाज भारतमा उद्योगी व्यपारी तथा भारतीय कलाकारहरुसँगको भेटघाट पछि प्रधानमन्त्री स्वेदेश फर्कने कार्यक्रम रहेको छ ।
भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा भारत भ्रमणमा गएका प्रधानमन्त्री ओलीलाई भारतले विशेष सम्मान गरेको थियो । प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच गत शनिबार करिब ४५ मिनेट वान टु वान वार्ता भएको थियो । जसलाई प्रधानमन्त्री ओलीले दुईदेशबीचको असमझदारी हटेको रुपमा बताएका थिए ।
भारत भ्रमणमा रहँदा ओलीले तेहरी जलविद्युत तथा गुजरातको भुजमा भूकम्पपछिको पुनः निर्माण कार्यको समेत अवलोकन गरेका थिए ।
उच्च माध्यमिक शिक्षा
परिषदले कक्षा ११ र १२ को नतिजा लेटर ग्रेडिङ प्रणलीबाट सार्वजनिक गर्ने निर्णय
गरेको छ । यसपालीको एसएलसीको नतिजा ग्रेडिङ प्रणालीबाट गर्ने निर्णय भएपछि
परिषद्ले उच्चमाध्यमिक तहमा पनि विद्यार्थीको मुल्यांकन सोही प्रणालीबाट गर्ने
निर्णय गरेको हो ।
सिंहदरवारमा
आज सञ्चारकर्मीसँग शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले नयाँ शैक्षिक सत्र सुरु
हुनु अगावै सम्पूर्ण कानूनी ब्यवस्था परिमार्जनका लागि सम्बन्धित निकायसँग छलफल
जारी रहेको जानकारी दिनुभयो ।
शिक्षा
विधेयकसम्बन्धमा सम्बन्धित संसदीय समितिसँग छलफल जारी रहेको जानकारी दिदै मन्त्री
पोखरेलले नयाँ शैक्षिकसत्र सुरु हुनु अगावै पारित गर्न आवश्यक रहेको बताउनुभयो ।
बिभिन्न बिश्वबिद्यालय र लोकसेवा आयोगले ग्रेडिङ प्रणाली उत्कृष्ट रहेको
प्रतिक्रिया दिएको उहाँको भनाई थियो ।
उच्च
माध्यमिक तहमा समेत ग्रेडिङ प्रणालीको ब्यवहारिक अन्तरबस्तु र कार्यविधी तयार गर्न
मन्त्रालयले शिक्षा बिभागका महानिर्देशक खगराज बरालको संयोजकत्वमा ५ सदस्यीय
कार्यदल समेत गठन गरेको छ ।
निर्णय
कार्यान्वयनका लागि परिषदले समेत प्राविधिक महाशाखा प्रमुख दुर्गा अर्यालको
संयोजकत्वमा प्राविधिक समिति गठन गरिसकेको छ । यो समितिले कतिवटा ग्रेड कायम गर्ने
तथा ग्रेडको आधारमा विद्यार्थीको मुल्यांकन कसरी गर्ने लगायतको सुझाव दिने छ ।
सरकारले
यसै वर्षदेखि एसएलसीको नतिजा ग्रेडिङ प्रणलीबाट सार्वजनिक गर्दैछ । एसएलसीमा नौवटा
श्रेणी बनाएको छ । यस्तै एकसाता अघि मात्रै सिटिईभिटीले पनि ग्रेडिङ प्रणाली
अप्नाउने निर्णय गरेको थियो ।
सिटिईभिटीले
एसएलसीमा अंग्रेजी, गणित र विज्ञान विषयमा सी श्रेणी ल्याएका विद्यार्थीलाई
डिप्लोमा तहको कार्यक्रम अध्ययन गराउने निर्णय समेत गरेको छ । तर, स्वास्थ्य विषयका लागि
समग्रमा सी श्रेणी ल्याएकै हुनुपर्ने व्यवस्था गरेको छ ।
उच्च
माध्यमिक शिक्षा परिषदले भने कुन ग्रेडको विद्यार्थी लिने भन्ने निर्णय गरिसकेको
छैन । यो निर्णय प्राविधिक समितिको सिफारिसको आधारमा हुने बताउँदै परिषदका
उपाध्यक्ष चैतन्य शर्माले डि र इ श्रेणीका विद्यार्थी भने नलिने स्पष्ट पार्नुभयो
। यद्यपी सो बारे निर्णय हुन भने बाँकी छ ।

श्रीकोट,१३ मङ्सिर
जिल्ला विकास समिति बैतडीको आयोजनामा आज श्रीकोटको सिल्लेगडामा सार्वजनिक सुनुवाई हुने भएको छ ।
बिहान १० बजेपछि श्रीकेदार,श्रीकोट,देउलेक र कटौजपानीका नागरिकलाई लक्षित गरी सार्वजनिक सुनुवाईको आयोजना गरिएको जिल्ला विकास समितिले जनाएको छ ।
चालु आर्थिक बर्षको पहिलो चौमासिकमा जिल्ला विकास समितिले सम्पादन गरेका कार्यहरु,जिल्ला विकास समिति र अन्य सरकारी तथा गैरसरकारी निकायले प्रदान गर्ने सेवाका बारेमा जानकारी दिने र नागरिकका गुनासा र सुझाव संकलनका लागि सार्वजनिक सुनुवाईको आयोजना गरिएको स्थानीय विकास अधिकारी खेमराज बिष्टले जानकारी दिनुभयो
। श्रीकोटको सिल्लेगडामा आयोजना गरिएको सार्वजनिक सुनुवाई सहभागी भई जिल्ला विकास समिति, अन्य सरकारी तथा गैरसरकारी निकायले प्रदान गर्ने सेवाका बारेमा आफ्ना धारणा प्रस्तुत गर्न जिल्ला विकास समितिले सबैमा आग्रह समेत गरेको छ ।

२०७२ कार्तिक २४ गते
जिल्ला विकास समिति बाँकेले आर्थिक बर्ष २०७२÷०७३ को पहिलो चौमासिक अन्तरगत सार्वजनिक सुनुवाई आज सम्पन्न भएको छ ।
जिल्ला विकास समिति बाँकेको आयोजना तथा बास नेपालगन्जको सहजिकरणमा बाँकेको बागेश्वरी गाविसको खजुरा स्थित ज्ञानोद्धय उच्च माबिको प्रांगणमा सुनुवाई सम्पन्न भएको हो । सुनुवाईले निर्माणाधिन च्यामा राधापुर सडक खण्डकोे निर्माणलाई गुणस्तरीय र प्रभावकारी बनाउन सबै सचेत रहने प्रतिबद्धता सहितका ५ बुधें प्रतिबद्धता गरिएको छ । झण्डै ३ घण्टा लामो सरोकारवाला र स्थानीयहरु बिचको दोहोरो सम्बाद पश्चात गरिएका अन्य प्रतिबद्धताहरुमा योजनाहरु तर्जुमा गर्दा योजनाहरुको आवश्यकताका आधारमा तय गर्ने र बढी आवश्यक योजनाहरुलाई प्राथमिकरण गर्ने, कुनै पनि योजनाहरुतर्जुमा गर्दा योजना तर्जुमा प्रकृया अवलम्बन गर्ने, सार्वजनिक सुनुवाईमा उठेका गुनासाहरु सम्बोधन गर्ने कार्य भएकोमा सम्बोधन हुन बाकीँ गुनासाहरु प्रकृयागत नितिगत रुपमा सम्बोधन गर्ने र सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज र प्रभावकारी बनाउने रहेका छन् ।
सुनुवाईमा गरिएका प्रतिबद्धताहरुमा सरोकारवालाको रुपमा आसिन जिल्ला विकास समितिका निमित्त स्थानीय विकास अधिकारी बिर्ष बहादुर गिरी, कार्यक्रम अधिकृत शरद पौडेल, आलेप अधिकृत खिमानन्द अर्याल, जिल्ला शासन बिज्ञ मिन महादुर मल्ल, बागेश्वरी गाविसका सचिब उत्तम सिंह सोडी, खजुराखुर्द गाविसका सचिब शषिधर पोख्रेल, उढरापुर गाविसका सचिब कृष्ण बहादुर रोकाया र सोनपुर गाविसका सचिब माधब सिंहले हस्ताक्षर गरेका थिए । बासका उपनिर्देशक हेमराज भट्टले संचालन गरेको सुनुवाईमा उद्धेश्य माथि प्रकास बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए भने स्वागत मन्तब्य बासका शम्भु शाहीले गरेका थिए । सुनुवाईमा बागेश्वरी, खजुराखुर्द, उढरापुर, सोनपुर, रनीयापुर लगायत गाविसका स्थानीयहरुको सहभागीता रहेको थियो ।
मुकेश धामी
कञ्चनपुर कार्तिक २४
कञ्चनपुरको बेल्डाँडी नगरपालिकाका स्थानियहरुले सडक मर्मत गरेका छन् । महाकाली सिँचाई नहर देखि बेल्डाँडी २ जोड्ने झण्डै एक किलोमिटर सडक मर्मत गरेको हुन । बर्षातका बेला नहरको पानीले सिपेज हुने उक्त सडक मर्मत गर्न स्थानियहरु संयुक्त रुपमा जुटेको स्थानिय जय बहादुर कुँवरले बताउनुभयो ।
नहर सिपेज भएकाले बर्षातका बेला घुमाउरो सडक प्रयोग गर्नुपर्ने बाध्यता भएकाले गाँउलेहरुले मिलेर संयुक्त रुपमा सडक मर्मत गरेको उनको भनाई छ । ‘सबैले घर घरबाट तसली ल्याएर आए धमाधम काम गरे ।’,उनले भने ‘अब हिड्न सजिलो भएको छ ।’
सडक मर्मत भएसंगै उक्त सडका आवत–जावत गर्न सजिलो भएको छ । बेल्डाँडी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत राज बहादुर विष्टले नगरपालिका घोषणा भएसंगै स्थानियहरुमा हर्ष छाएकाले विकास निर्माणका लागि अग्रसर भएको बताए । विकासका दृष्ट्रिकोणले दक्षिणी क्षेत्रलाई राज्यले समेत उपेक्षित गरेको अवस्थामा स्थानियहरुले दैजी–बेल्डाँडी सडक कालोपत्रे नभएसम्म गाँउको विकास असम्भव भएको बताएका छन् । विकासका लागि एकजुट हुन समेत बेल्डाँडीका अग्रहजहरुले सबै दलहरुलाई आग्रह गरेका छन् । विकासका लागि दलहरु एकजुट भएर गाँउको विकास गर, र त्यसमै सबैको भलो हुने अग्रजहरुको सुझाव छ ।
नेशनल लाईर्फ ईन्स्योरेन्सले कम्पनी लिमेटेड दैलेख शाखाले नाउलेकटुवाल गाउँ विकास समिति वडा नम्बर ६ निवासी स्वार्गीय नयाराम खडकाकी श्रीमती कमलाकुमारी खडकालाई एक कार्यक्रमका वीच मृत्यु दावि रकम हस्तान्तरण गरेको छ । जसमा २ लाख ४३ हजार ४ सय पचाँस रुपैया रहेको शाखा प्रमुख प्रेमकुमार वि.सीले जानकारी दिएका छन । स्व. नयाराम खडकाले वि.स.२०६१÷०२÷२६ गते १ लखा ५० हजारको जीवन मअृत बीमा योजना गरेका र उनको वि.स. २०७२÷०२÷२१ गते निधन भएको थियो ।
धनवीर पुन, दिल्ली
नागाल्याण्ड, कोहिमा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हाइस्कुल एरिया समितिले शारदा प्रौढ विद्यापिठको उद्घाटन गरि कक्षा सञ्चालन गरेको छ । नेपाली अनपढ महिला–पुरुषहरु तथा प्रौढहरुका लागि शिक्षामा पहुँच पु¥याउने उदेश्यले स्थापना गरिएको हो । शारदा प्रौढको मातृभाषामा पनि ज्ञान गराउने उदेश्य रहेको बताइएको छ । गत १ अक्टुबर १५ का दिन हरि सुनारको घरबाट आरम्भ भएको सो मातृभाषा पठनपाठन पाठ्यक्रमको उद्घाटन एरिया उपाध्यक्ष याम खवासको गरेकाछन । यस नेपाली पठनपाठन पाठ्यक्रममा १७ जना महिलाहरुले नियमित रुपमा अध्ययन गरिरहेका छन् भने कक्षाको सञ्चालन निशुल्क रुपमा एरिया सचिव हरिमोहन पोख्रेलले गरिरहका छन् । पाठ्यक्रम ३–३ महिनाको रहने साथै आगामि ३ महिनामा यो पाठ्यक्रम समाप्त भए लगत्तै पुरुषहरुको पाठ्यक्रम सञ्चालन हुने सञ्चालक हरिमोहनले बताएका छन् । पाठ्यक्रममा हालमा विशेष गरेर विवाहित महिलाहरुलाई पहिलो प्राथमिकता दिइएको छ, जसले आफ्नो नाम समेत लेख्न र पढ्न समेत जान्दैनन् ।
यस पाठ्यक्रमको पहिलो परीक्षा ३ नोभेम्बर २०१५ मा सम्पन्न भईसकेको छ । प्रवासमा बस्ने निरक्षर महिला,पुरुषका लागि संचालित प्रौढ कक्षाले सकारात्मक संदेश दिएको जानकारी संचालकले दिएकाछन ।
कार्तिक २२ दैलेख
कुरा सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । स्वभाविक पनि हो, पत्यार नलाग्नुमा । किनभने नेपालमा अहिलेसम्म परनिर्भतामूखी अर्थतन्त्र छ । बजारमा उपलब्ध हुने सबै तयारी वस्तुहरु प्राय विदेशबाटै आयातित हुन । स्थानीय स्तरमा प्रसोधित वस्तुको मूल्य कम, गुणस्तर बढि भए पनि यसको उपभोग गर्दा जात गएको सम्झने हाम्रो प्रचलन छ । अहिलेसम्म नेपालीपनमा देखिएको यो खराब पक्षले काम गरिरहेको छ ।
दैलेख जिल्लाका विभिन्न ठाउँहरुमा लघु उद्यमहरु स्थापना भएकाछन । स्थानीय साधन र स्रोतको उपयोग गर्दै केही वस्तुहरु उत्पादन भएकाछन । जुन वस्तुहरु अन्तराष्ट्रिय स्तरमा समेत विक्री हुने गरेकाछन । ती मध्येको एउटा उत्पादन हो अल्लोको कपडा । नौमूलेका जनजाती महिला उद्यमीहरुले बुनेको अल्लोको कपडा अन्तर्राष्ट्रिय बजारमा समेत विक्री गर्न योग्य रहेको छ । उक्त अल्लोको कपडा सतप्रतिशत दैलेख कै स्थानीय स्तरमा पाईने अल्लोबाट मात्र बनेको हो । लघु उद्यम विकास कार्यक्रम, क्षेत्रिय कार्यक्रम सहयोग कार्यालय, सुर्खेतको आर्थिक सहयोग, जिल्ला लघु उद्यमी समूह संघ, दैलेख र एभरेष्ट क्लब, दैलेखको सहजीकरणमा नौमूले क्षेत्रमा अल्लोको धागो बनाउने तालिमहरु निरन्तर रुपमा संचालन भईरहेकाछन र ती उद्यमीहरुलाई आवशयक पर्ने मेसिन औजार,सीप प्रदान गरिदै आएको छ । जसका कारणले करिब तीन सय जना अल्लोका लघु उद्यमीहरु तयार भएकाछन । उनीहरुले अल्लोको धागो उत्पादनलाई आफ्नो आय आर्जनको मूख्य पेशा बनाएका छन ।
धागो मात्र उत्पादन गरेर आर्थिक लाभ धेरै नहुने महसुस गर्दै यति खेर घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय,दैलेखले महिला उद्यमीहरुलाई अल्लोको कपडा बुन्ने तालिम प्रदान गरेको छ । घरेलु कार्यालय, दैलेखको चालु आव २०७१÷०७३ को स्वीकृत बजेटबाट तोलीका १० जना जनजाति महिला उद्यमीहरुलाई अल्लोको कपडा बुन्ने तीन महिले तालिम सम्पन्न गरेको छ । सो तालिम अवधिमा महिला उद्यमीहरुले कोटको कपडा बुनेकाछन । जसको अहिले बजार माग अत्याधिक रहेकोछ । उक्त तालिममा तोलीको स्थानीय क्लवले ५० हजार सहयोग गरेको थियो ।
तालिम पश्चात तीनवटा तान राखेर ती महलिा उद्यमीहरुले निरन्तर उद्यम संचालन गर्दै आईरहेकाछन । उनीहरुलाई थप सीप विकास तालिम दिएर पूर्ण ब्यवशायि महिला उद्यमी बनाउने तयार भईरहेको जानकारी घरेलु कार्यालय, दैलेखका कार्यालय प्रमूख परशुराम अचार्यले जानकारी दिएकाछन ।
उनल,े थप सीप विकास तालिम पश्चात ती महिला उद्यमीहरुको सीप बचाउनका लागि जिल्लामा राम्रो लगानी गरेर मझौला उद्योग स्थापना गर्न सके जिल्ला आत्मनिर्भर बनाउन ठूलो सहयोग हुने बताए । यसका लागि लगानी गर्न ठूला ब्यवशायिकहरुलाई अनुरोध गरेको समेत बताए । दैलेखमा अल्लो प्रसोधन र कपडा उत्पादन उद्योग स्थापना गर्न सके हजारौं दैलेखीले राजगारी पाउने र उत्पादित वस्तु सोझै अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्न सकिने प्रचुर संभावना रहेको छ ।
विशेष गरी युरोपका मूलुकहरुमा अल्लोका कपडाहरुको अत्याधिक माग रहेको छ भने अहिले नेपालले माग अनुसारको पूर्ती गर्न सकेको छैन । यस तर्फ ठूला दैलेखी ब्यापारीहरुले पहल गर्ने हो की ?

२२ कात्तिक, काठमाडौं । सरकारले औषधि तथा औषधिजन्य उपकरण अभाव हुन नदिन ती सामान हवाई मार्गबाट ढुवानी गर्ने भएको छ।बजारमा केही अत्यावश्यकीय औषधि अभाव हुन लागेको भन्दै त्यसको व्यवस्थापनका लागि सरकारसँग ठूला अस्पतालले आग्रह गरेपछि सरकारले हवाई मार्गबाट ढुवानी गर्ने निर्णय गरेको हो।
स्वास्थ्य मन्त्रालयले यसका लागि आपूर्तिकर्ता निकाय तथा सरकारका विभिन्न निकायका प्रनिनिधि सम्मिलित कार्यदल नै बनाएको छ । ‘कार्यदलले शुक्रबार नै बृहत बैठक बोलाएर अत्यावश्यकीय औषधि र उपकरण अभाव हुन नदिन सबै खालका उपाय खोज्ने निर्णय गरेको छ,’ औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले भनेको नागरिकमा खबर छ ।
एक साताअघि ९ ठूला सरकारी अस्पतालका निर्देशकले आपूर्तिमन्त्री र स्वास्थ्य सचिवलाई भेटेर सलाइन र आपतकालीन उपचारमा चाहिने औषधिको अभाव सुरु भएको र भण्डारण गरिएका अन्य औषधिले लामो समय धान्न सक्ने अवस्था नरहेको भन्दै गम्भीर बन्न ध्यानाकर्षण गराका थिए । आफूहरूले आपूर्ति र पर्याप्त स्टक राख्नुपर्ने भन्दै ६० भन्दा बढी प्रकारका औषधिको सूचीसमेत सरकारलाई बुझाएको वीर अस्पतालका निर्देशक डा। स्वयंप्रकाश पण्डितले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयमा सचिव शान्तबहादुर श्रेष्ठको उपस्थितिमा बसेको बैठकमा नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, केमिकल तथा मेडिकल सप्लायर्स एसोसिएसन नेपाल, नेपाल औषधि बिक्री प्रबन्धक संगठन, नेपाल निजी स्वास्थ्य संस्था संघसहित गृह, उद्योग, पर्यटन तथा नागरिक उड्डयन, वाणिज्य तथा आपूर्ति, रक्षा मन्त्रालयका समेत उच्च अधिकारी सहभागी थिए ।

२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले तराई–मधेसको समस्या समाधान गर्न भन्दै संसदमा दर्ता संविधान संशोधन प्रस्ताव तत्काल अघि बढाउन सरकारलाई दबाब दिने भएको छ।कांग्रेस संसदीय दलको आइतबार बिहान बस्ने बैठकले तराई–मधेसको समस्या समाधान गर्न आग्रह गर्दै कांग्रेस नेतृत्वको तत्कालीन सरकारले दर्ता गराएको संशोधन प्रस्ताव अघि बढाउन दबाब दिने निर्णय लिँदैछ । बैठक आइतबार बिहान ९ बजे डाकिएको छ।
मधेसको समस्या समाधानका साथै संविधान संशोधन प्रस्ताव अघि बढाउन कांग्रेसले आइतबार बस्ने व्यवस्थापिका संसद बैठकमा आवाज उठाउनेछ । सरकारले संशोधन प्रक्रियालाई अघि नबढाए कांग्रेसले रोस्ट्रम घेराउसहितका दबाबमूलक कार्यक्रम गर्ने तयारीसमेत गरेको नागरिक दैनिकमा खबर छ।
‘संशोधन प्रस्ताव अघि बढाउन कांग्रेसले संसदीय अभ्यासभित्रका सबै प्रक्रिया अवलम्बन गर्नेछ,’ कांग्रेस केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरले भने, ‘तराई–मधेसका समस्या तत्काल समाधान गर्नुको विकल्प छैन।’
प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादी शीर्ष नेताको प्रतिबद्धताअनुसार सुशील कोइराला नेतृत्व सरकारले समावेशिता, समानुपातिक सहभागिता तथा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने व्यवस्थाका लागि संविधान संशोधन प्रस्ताव दर्ता गराइसकेको छ। तर, एमाले नेतृत्वको सरकार संविधान संशोधनको उक्त प्रस्तावप्रति गम्भीर नभएको ठहर गर्दै कांग्रेस केन्द्रीय समिति बैठकले संशोधन प्रस्ताव अघि बढाउन संसदमा दबाबमूलक कार्यक्रम अघि बढाउनुका साथै संशोधनका पक्षमा जनमत निर्माण गर्ने निर्णय यसअघि नै लिइसकेको छ।

टिभी टुडे
कार्तिक २१ गते, काठमाण्डौ । उद्योग वाणिज्य तथा उपभोक्ता हक हित संरक्षण समितिका अधिकांश सदस्यले नेपाल आयल निगमका अधिकारीमाथि कारवाहीको माग गरेका छन् । पेट्रोल खरिदका लागि नेपाल आयल निगमले विराट पेट्रोल एण्ड केमिकल्ससंग गरेको सम्झौतामा ठुलो आर्थिक चलखेल भएको भन्दै सम्बन्धीत अधिकारीलाई कारवाहीको सिफारिस सदस्यहरुले माग गरेका हुन् । समितिको सनिबार बसेको बैठकमा बोल्दै अधिकांश सदस्यले फुटबलमा फिक्सिङ गर्ने खेलाडीलाई अपराधि सावित गरि कारवाही गर्ने तर कालो सूचीमा परेको कम्पनीलाई तेल ल्याउने अधिकार दिने निगमका अधिकारीलाई कारवाही किन नगर्ने भनी प्रश्न गरेका थिए । कालोसूचीमा रहेको कम्पनीलाई नै तेल ल्याउने जिम्मा दिने निगमका अधिकारीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने चर्को आवाज उठेपछि समितिले सो सम्झौता सम्बन्धी सम्पुर्ण काजगात तत्काल उपलब्ध गराउन वाणिज्य तथा आपुर्ति मन्त्रालय र नेपाल आयल निगमलाई निर्देशन दिएको छ । ग्लोबल टेण्डरका क्रममा आवेदन परेका मध्येबाट नेपाल आयल निगमले यसअघि कालोसूचीमा परेको विराट पेट्रोल एण्ड केमिकल्सलाई इन्धन ल्याउनका लागि भन्दै २० करोड रुपैया दिएपछि यो विषय ले समितिमा प्रवेश पाएको हो ।

टिभी टुडे
कार्तिक २१ गते, काठमाण्डौ । छिमेकी राष्ट्र भारतको अघोषित नाकाबन्दीको अशर नेपालको कृषि क्षेत्रमा पनि परेको छ । काठमाडौमा भएको अन्तरक्रियामा बोल्दै कृषि सम्बद्ध सरोकारवाला ब्यक्तिहरुले कृषि औजार पावर टिलर धान झार्ने मेसिन लगाएतका उपकरणहरु पेट्रोल डिजल बाट मात्र चल्ने हुदा पेट्रोलियम पदार्थको अभावमा कृषि उपकरण प्रयोग हुन नसकेकोले धान लगायतका कृषि उपज खेतमा नै रहेको बताएका हुन् । खेतमा रहेको धान समयमा उठाउन सकिएन भने पानी असिना र धानका गेडा झर्ने जोखिम रहेको विज्ञले बताएका छन् । जारी बन्दले किटनासक औषधि, रासायनिक मलको अभावले धान उठाएर लगाउने गहुँ तोरी आलु लगाएतका बालीको उत्पादन घट्ने प्रति चिन्ता ब्यक्त गरेका छन् । अहिले सम्ममा भारतको नाकाबन्दीले पोल्ट्री ब्यबसायमा ५ करोड भन्दा बढी, डेरी ब्यबसायमा ३ करोड, दाना उद्योगमा २ करोड, तरकारी ब्यबसायमा झन्डै ४० करोड भन्दा बढीको घाटा भएको बताईएको छ । कृषि र कृषिजन्य उपकरण कृषि उपजको ढुवानी ओसारपसार लगाएतमा समेत पेट्रोलियम पदार्थमा भएको अबरोधले असर गरेको छ ।
अछाम जिल्लावाट प्रकाशन भईरहेको गजल पत्रिका उषाकिरणको आठौं अंकको बिमोचन कार्यक्रम सदरमुकाम मंगलसेनमा सम्पन्न भएको छ । अछाम गजल मञ्चको आयोजनामा भएको बिमोचन कार्यक्रममा अछाम जिलला र अन्य बिभिन्न जिल्लावाट आएका साहित्यकारहरुले पनि आ आफ्ना रचना बाचन गरेका थिए । बिगत लामो समयदेखी अछाम गजल मञ्चले प्रकाशन गरिरहेको गजल प्रधान पत्रिका उषाकिरणको बिमोचन समारोहमा अछामका बरिष्ठ साहित्यकार हर्षप्रसाद भट्ट प्रमुख अतिथी रहनुभएको थियो । गजल मञ्चका अध्यक्ष हिमाल उदासीको अध्यक्षतामा भएको बिमोचन कार्यक्रममा बरिष्ठ गजलकार रावल कृष्ण, खप्तड न्यूज दैनिकका प्रकाशक पुष्पराज भट्ट, अछाम साहित्य प्रतिष्ठानका उपाध्यक्ष बिष्णु खड्का, सचिव टेकराज भण्डारी, कवि एवं गजलकार लोकेश महता, पत्रकार महाँसंघका सचिव शिवराज ढुंगाना, गजलकार कमलराज केसी लगायतका अतिथीहरुले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा चितवनका कवि एबं गजलकार मनोज भण्डारी, श्रष्टा गोविनद गोपाल खतिवडा, मध्यपश्चिम गजल मञ्चका पहल असिम थापा, कृष्ण बिरही जलन, लगायत श्रष्टाहरुले मिठा रचना सहित आफ्नो शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा पत्रकार होम साउद, कालु बोहरा, बिष्णुप्रशाद भण्डारी, राजन कुवर, शर्मीला धरेल, अछाम जेसीजका अध्यक्ष नमराज न्यौपाने, जिल्ला युवा सञ्जालका अध्यक्ष मदन कुमार भुल रोशन लगायतले पनि मन्तब्य राख्नुभएको थियो ।
नेपाली काँग्रेस नगर कार्य समिति साँफेबगरको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।।
नेपाली काँग्रेस नगर कार्यसमिति साँफेबगर को आयोजना मा बिजया दशमी तथा शुभदिपावलि को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।नगर सभापति प्रेमबहादुर कुँवर को अध्यक्षता मा भएको कार्यक्रममा नेपालि कांगे्रस पुर्ब पार्टी सभापति नैन बहादुर के.सि. प्रमुख रहनु भएको थियो ।प्रमुख अतिथिको आशनबाट बोल्दै पुर्ब पार्टी सभापति के.सि.ले अहिले को देशको अवस्था मा राजनीति दल र समुदाय को बिच मेलमिलाप हुनु जरुरि रहेको बताउनुभएको छ ।कार्यक्रममा महाधिवेशन प्रतिनिधि अर्जुन ताम्राकार , पुर्ब पार्टी उपसभापति सेतबहादुर कुवर ,जिल्ला सदस्य नर बहादुर कुँवर ,कृष्ण खड्का ,अमर शाह,जनसम्पर्क समिति भारत दलित संघ संयोजक पहल वड,शिक्षक संघ का केन्द्रीय सदस्य देबेन्द्र शाह,तरुणदल केन्द्रीय प्रतिनिधि लक्ष्मण खड्का क्षत्रिय सदस्य डबल बोहरा र शिक्षक संघ का क्षेत्रिय अध्यक्ष मीन बहादुर कुवँर।,तरुण दल क्षेत्रीय अध्यक्ष कृष्ण बुढा , नेपाल बिद्यार्थी संघ केन्द्रीय प्रतिनिधि कृष्ण कुँवर ,नेकपा एमाले नगर अध्यक्ष हिक्मत कुवर , नगर बिकास समित का अध्यक्ष मोहन कुवर, महिला अधिकार मंच का अध्यक्ष अप्सरा कुवर ,नगर पालिका कार्यकारी निमित्त .कार्यकारी अधिकृत लक्ष्मि ढुङ्गाना, महिला संघ जिल्ला उपाध्यक्ष पबित्रा कुवर,सबै वडा सभापतिहरु का तर्फबाट नवराज बुढा ले शुभकामना मनतब्य ब्यक्त गर्नु भएको थियो । सचिव रेवन्त ठकुल्ला को स्वागत मनत्ब्य बाट सुरु भएको कार्यक्रमको संचालन गोकुल भाट ले गर्नु भएको थियो ।
दिपावलीको अवसरमा नेकपा एमाले गाउकमीटी कालीकास्थानले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।।
दिपावलीको अवसरमा नेकपा एमाले गाउ कमीटी कालीकास्थानले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । गाउ कमीटी अध्यक्ष बल बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जील्ला कमीटी सदस्य भिम बहादुर बिष्ट प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा बोल्दै जील्ला सदस्य बिष्टले नेपालको संविधान नेपाली आफैले नीर्माण गर्दा भारतले नाकाबन्दी गर्नु उचीत नभएको बताउनु भएको छ । उहाले भारतलाई नेपालको आन्तरिक मामलामा हस्तक्षेप नर्गन आग्रह गर्नु भएको छ । देशमा लामो समयपछि संविधन आएकाले कार्यन्वयका लागी सबै क्षेत्र बाट सकारात्मक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा क्षेत्रीय कमीटी अध्यक्ष सुरेन्द्र बहादुर शाही, क्षेत्रीय सदस्य जय बहादुर बिष्ट,नेकपा माओबादीका जील्ला कमीटी सदस्य दिपेन्द्र बोगटी, एमाले ईलाका कमीटी अध्यक्ष ललीत शाही, विद्यार्थि नेता कमल सिजापती,काग्रेसका कर्ण बहादुर शाही, शिक्षक संगठनका दिपेन्द्र बिष्ट,एकेन्द्र शाही,ईन्द्रा बीक,अनेरा स्वीयुका क्षेत्रीय अध्यक्ष भरत ढकाल,विरेन्द्र बिष्ट, कलाकार सुरेश रावल लगायतले शुभकामना मन्तबय राख्नु भएको थियो । टिका बहादुर शाहीको स्वागत मन्तबय बाट सुरु भएको कार्यक्रमको संञ्चालन हस्त सिं नेपालीले गर्नु भएको हो ।
मुकेश धामी
कञ्चनपुर, कार्तिक २१गते
बेदकोट नगरपालिका सुडामा शुक्रबार देखि रामलीला महोत्सव शुरु भएको छ । मानसखण्ड विकास समाज नेपालको आयोजना हुन लागेको हो । रामलीला महोत्सव मुल आयोजक समितिका महासचिव घनश्याम लेखकले महोत्सव शुरु भएको जानकारी दिनुभयो ।
सनातन हिन्दुधर्म, संस्कृति, संस्कारको संरक्षण गर्ने उदेश्यले शुरु हुन लागेको महोत्सव नेपाली भाषामै मञ्चन हुने आयोजकले जनाएको छ । अरु रामलिला हिन्दीभाषामा शुरु भएपनि सुडाको महोत्सव नेपाली भाषामै गरिन लागेको जिल्लाको पहिलो उदाहरण भएको आयोजकको दावि छ । दिउँसो ३ बजेदेखि कलशयात्रा गरिने छ । महोत्सवमा रामचरित मानस परायण, भानुभक्त रामायण वाचन, अष्टोत्तरशत हुनमानचालीस पाठ, विद्वान तथा सन्तसम्मेलनका साथै पुरुषोत्तम राम भगवानको लिलाको दर्शनिक व्याख्या समेत गरिने छ । सुपको पौराणिक लोक संस्कृति भल्कने प्रस्तुतीका साथै रामलिलाका माध्यमबाट समाजिक चेतना सुधार गर्ने कार्यक्रम संचालन हुने छन् ।
महोत्सव बाट आफ्नो लोक संस्कृति रक्षाका लागि उत्प्रेरणा जाग्ने समेत अनुमान गरिएको छ । पछिल्ला दिनहरुमा पश्चिमा संस्कृति नेपालीका घरघर सम्म उदय भएसंगै नेपालीहरुको वास्तविक लोक संस्कृतिमा प्रभाव परेकाले आफ्नो संस्कृति भुल्न लागेका छन् । शिवदत्त पन्तले निर्देशन गर्ने रामलिला महोत्सवको मान बहादुर चन्द संरक्षक र प्रेम चन्द संयोजक रहेका छन् । बेदकोट नगरपालिकाको सुडा चोकमा संचालन हुने रामलिला महोत्सव दैनिक साँझ ६ः३० बजे देखि राती १०ः३० बजेसम्म संचालन हुने छ । महोत्सव कार्तिक ३० गते समापन गरिने छ ।
बाजुरा संबादाता
रमित बि.क. बाजुरा कार्तिक २१
शुक्रबार विहान डोगडी गाविसको वाड नं ९ स्थित विच वाटो मा एक जना मृत अवस्थामा फेला परेको छन । मृत्यु हुनेमा सोही गाविस वार्ड नं ८ निवासी गोरे वहादुर रावतका १८ वर्षिया भवै रावत मृत अवस्थामा फेला परेका छन । स्थानियले जिल्ला प्रहरी बाजुरालाइ खबर गरेपछि तत्काल प्रहरी चौकी टाँटे, प्रहरी चौकी डोगडी र जिल्ला प्रहरी कार्यलय वाजुरावाट प्रहरी निरीक्षक दान वहादुर रोकायाको कमानमा खटिएको अनुसंधान टोली उक्त घटना स्थलमा गई आवश्यक अनुसंधान अन्तरगत घटना स्थलमा गर्नु पर्ने सम्पूर्ण अनुसंधान प्रक्रिया पूरा गरी टोली जिल्ला तर्फ फर्किएको छ । अनुसंधानको क्रममा ३ जनालाई नियन्त्रणमा लिएको र घटनामा संलग्न २ जना फ्रहार रहेकोले उनीहरुको खोजी कार्यजारी रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । शवलाई पोष्मार्टमका लागि शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय मार्तडी वाजुरामा ल्याएको जिल्ला प्रहरी कार्यालय वाजुराका प्रहरी नायव उपरिक्षक श्याम प्रसाद पौड्यालले जानकारी दिनु भएको छ
रमित बि.क. बाजुरा कार्तिक २१
शुक्रबार विहान डोगडी गाविसको वाड नं ९ स्थित विच वाटो मा एक जना मृत अवस्थामा फेला परेको छन । मृत्यु हुनेमा सोही गाविस वार्ड नं ८ निवासी गोरे वहादुर रावतका १८ वर्षिया भवै रावत मृत अवस्थामा फेला परेका छन । स्थानियले जिल्ला प्रहरी बाजुरालाइ खबर गरेपछि तत्काल प्रहरी चौकी टाँटे, प्रहरी चौकी डोगडी र जिल्ला प्रहरी कार्यलय वाजुरावाट प्रहरी निरीक्षक दान वहादुर रोकायाको कमानमा खटिएको अनुसंधान टोली उक्त घटना स्थलमा गई आवश्यक अनुसंधान अन्तरगत घटना स्थलमा गर्नु पर्ने सम्पूर्ण अनुसंधान प्रक्रिया पूरा गरी टोली जिल्ला तर्फ फर्किएको छ । अनुसंधानको क्रममा ३ जनालाई नियन्त्रणमा लिएको र घटनामा संलग्न २ जना फ्रहार रहेकोले उनीहरुको खोजी कार्यजारी रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । शवलाई पोष्मार्टमका लागि शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय मार्तडी वाजुरामा ल्याएको जिल्ला प्रहरी कार्यालय वाजुराका प्रहरी नायव उपरिक्षक श्याम प्रसाद पौड्यालले जानकारी दिनु भएको छ





