२२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदृश्य शक्तिले नेपालको स्थिति भड्काइरहेको बताएका छन् । ओलीले अहिलेको स्थिति सिर्जना गर्न पैसा बाँडिएको पनि दाबी गरेका छन् ।
पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई नेतृत्वको नागरिक अगुवाहरूको टोलीसँग शनिबार भएको भेटमा ओलीले प्रधानमन्त्री निर्वाचनमा बालुवाटारबाटै पैसा बाँडिएको दाबी गरेका हुन् । ‘हामी कञ्चनजंघा हलमा बसिरहेका थियौँ । प्रधानमन्त्री त्यहीँ आउनुभयो,’ भेटमा सहभागी जनजाति महासंघका उपाध्यक्ष दण्डु शेर्पाले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘कुराकानीका क्रममा उहाँले यो स्थिति सिर्जना गर्न उतापट्टिको रुममा ९औँलाले देखाउँदै० बसेर हिन्दीमा बोल्ने, नेपाली बोल्न नजान्नेले सुटकेसका सुटकेस ल्याएर पैसा बाँडे भन्नुभयो ।’ प्रधानमन्त्री ओलीले बाह्य शक्तिले स्थिति प्रतिकूल बनाउन खोजेको पनि बताएका थिए । ‘अदृश्य शक्तिले स्थिति भाँडिरहेको छ,’ ओलीको भनाइ उद्धृत गर्दै शेर्पाले भने, ‘नेपाली जनताभन्दा पनि बाहिरका शक्तिले भाँडेको देखिन्छ ।’ प्रधानमन्त्री ओलीले नयाँ संविधानको पूरै भारतले विरोध नगरेको पनि बताएको नयाँ पत्रिकामा खबर छ ।
भारतमा विभिन्न पक्ष रहेको र धेरैजसोले समर्थन गरिरहेको उनको भनाइ थियो । ‘भारतले विरोध गर्यो भनिरहेका छौँ । एउटा भारतले विरोध गरेको छ भनेर पूरै भारत बुझ्न हुन्छ रु बिजेपी भारत छ । कांग्रेस आई भारत छ । ‘र’ भारत छ । कर्मचारी भारत छ । सबैले विरोध गरेका छैनन् । धेरैले समर्थन गरेका छन्,’ भेटमा प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘उहाँको आशय भारतीय जनता पार्टीबाहेकले समर्थन गरेका छन् भन्ने थियो ।’

२१ कात्तिक, काठमाडौं । उपत्यकाका पम्पबाट पेट्रेल भर्न सर्वसाधारणले हैरानी खेप्नु परेको छ । दिनभर तेल वितरण नगर्ने पम्पले साँझ परेपछि पेट्रोल वितरण थालेर रातीसम्म लगाउँछन् । त्यसकारण सर्वसाधारणले दिउँसोको चर्को घाम र रातीको चिसो सहन बाध्य हुनु परेको छ ।
अन्तर्राष्ट्रिय मान्यताअनुसार अति प्रज्वलनशील पदार्थ भएका कारण अँध्यारोमा पेट्रोलियम पदार्थ लोड अनलोड गर्न र वितरण गर्न हुँदैन । तर उपत्यकामा पम्पले साँझ परेपछिमात्रै इन्धन वितरण थाल्छन् र मध्यरातीसम्म वितरण गरिरहन्छन्, नयाँ पत्रिकामा खबर छ ।
पेट्रोलियम ब्यवसायीले आयल निगमबाटै ढिला गरी पेट्रोल प्राप्त गर्दा साँझ र रातीसम्म तेल वितरण गर्नुपरेको बताएका छन् ।
आयल निगमले दिउँसो १ बजेदेखि पम्पमा तेल पुरर्याउने गरी तेल वितरण गरिरहेको दाबी गरेको छ । तर अधिकांश पम्पले साँझ ५ बजेपछि मात्रै पेट्रोल पाउँदै आएको बताएका छन् ।